गूल्मीमा हत्या गरेको अवस्थामा एक महिलाको शव फेला

माघ १५, २०७९ | गुल्मी

गुल्मीमा एक महिलाको घरभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ निवासी गंगादेवी शेरचन मृत फेला परेको प्रहरीले जनाएको छ ।

विगत ४० बर्षदेखि गंगा होटल संचालन गर्दै आएकी ५७ बर्षीया शेरचन बिहान घर बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

हातखुट्टा टेपले बाँधिएको अवस्थामा शव रहेकाले हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीनायब उपरीक्षक माधब खरेलले जानकारी दिनुभयो ।

अविवाहित रहेकी शेरचन एक्लै बस्दै आइरहेकी थिइन् । 


प्रतिक्रिया