राष्ट्रियसभा उपनिर्वाचनमा मतदानमा ३ सय ४ मत खस्यो

माघ २५, २०७९ | दाङ

राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्यका लागि लुम्बीनी प्रदेशमा भएको निर्वाचनमा ३ सय ४ मत खसेको छ ।

दाङको घोराहीमा सम्पन्न निर्वाचनमा कुल ३ सय ५ मतदाता मध्ये एक जना अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताउनुभयो ।रूपन्देहीको मर्चवार गाउँंपालिका उपाध्यक्ष आशा सिंह उपचारका लागि भारत गएकाले मतदानमा सहभागी नभएको कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको सदस्यका लागि नेकपा एमाले, नेपाली काँग्रेस र नागरिक उन्मुक्ती पार्टीका उम्मेद्वारबीच प्रतिस्पर्धा छ ।सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, काँग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तीका राजेन्द्रबीर राय उम्मेदवार हुनुहुन्छ ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजिनामा दिएपछि राष्ट्रीय सभामा एक सिट रिक्त थियो ।राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखले मताधिकार प्रयोग गर्ने व्यवस्था छ ।


प्रतिक्रिया