मरिण गाउँपालिकाद्वारा ६५ परिवारलाई सम्मान

फाल्गुन १, २०७९ | सिन्धुली

माओवादीको जनयुद्ध दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकाले ६५ परिवारलाई सम्मान गरेको छ । गाउँफालिकाले एक कार्यक्रमबीच जनयुद्धका त्रममा मारिएका र बेपत्ता भएका ६५ जनाको परिवारका सदस्यलाई २० हजार रुफैयाँसहित सम्मान गरेको हो । कार्यक्रममा जनयुद्धका त्रममा मारिएका र बेपत्ता भएकाको परिवारका सदस्यलाई सम्मान गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले जनयुद्ध सकिए पनि आर्थिक क्रान्ति बाँकी रहेको बताउनुभयो ।

जनयुद्धका दौरानमा सहिद, बेपत्ता, घाइते, लगायत पीडित परिवारलाई अब राज्यले हेर्ने उहाँले आश्वासन दिनुभयो । मरिण गाउँपालिकाले सहिद सम्मान भनेर बजेटमा नै व्यवस्था गरेको थियो । गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले युद्धमा परिवारको सदस्य गुमाउनेलाई सीपमूलक तालिमको साथै रोजगारीकोसमेत व्यवस्था गर्ने बताउनुभयो ।


प्रतिक्रिया