लुम्बिनी प्रदेश सभा सदस्य खत्रीले माओवादी छोडिन्

फाल्गुन १, २०७९ | दाङ
माओवादी केन्द्रकी बिमला कुमारी खत्री वलीले पार्टी परित्याग गर्नुभएको छ । पार्टीले बेवास्ता गरेको र जिम्मेवारीविहीन बनाइएकाले साधारण सदस्यबाट समेत राजीनामा दिईएको वलीले बताउनुभयो । वलीले गत माघ २४ मा माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुन समक्ष राजीनामा पत्र बुझाउनु भएको थियो । लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको उहाँको गुनासो छ ।