फागुन १० गतेसम्म सात दलीय सत्ता गठबन्धन भत्किन्छ : कांग्रेस महासचिव थापा

फाल्गुन १, २०७९ | रुपन्देही

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गतेसम्म सात दलीय सत्ता गठबन्धन भत्किएर पुरानो पाँच दलीय गठबन्धन ब्युंतिने दावी गर्नुभएको छ । रुपन्देहीको क्षेत्र नं १ मा आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेस पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किने बताउनुभयो । 

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग वार्ता भइरहेको र राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने बताउनुभयो । एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने महासचिव थापाले दाबी गर्नुभयो । उहाँले सबै पार्टीले एमालेको चरित्र र एमालेबाट निर्वाचित व्यक्तिको व्यवहार भोगीसकेकाले एमाले उम्मेदवारलाई भोट नहाल्ने थापाले बताउनुभयो । 


प्रतिक्रिया