संस्कृत विश्वविद्यालयले संस्कृतिको संरक्षण गरेको छ : राष्ट्रपति भण्डारी

फाल्गुन ३, २०७९ | दाङ

राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत विश्वविद्यालयले परम्परागत भाषा, धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संस्कृत शिक्षा अध्ययनले मानिसलाई सभ्य र शालिन बनाउने बताउनुभयो । 

सांस्कृतिक जांगरण र पुनरउत्थानका लागि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले संस्कृत शिक्षाको विकास र संरक्षणका लागि सरकारले उचित ध्यान दिने बताउनुभयो । बेलझुण्डीमा आयुर्वेद स्नातक कक्षा सञ्चालनका लागि २४ करोड ७२ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको छ । 


प्रतिक्रिया