दाङमा खाना पकाउने ग्यास पड्किदा दुई जना घाइते

फाल्गुन ४, २०७९ | दाङ

दाङमा ग्यास सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् । घटनामा तुलसीपुरकी ५० वर्षीया कुसुम केसी र चितवन घर भई तुलसीपुर बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन् । 

केसीले सञ्चालन गर्दै आएको कृषि बीउ उत्पादन कम्पनीमा बिहान खाना पकाउने क्रममा ग्यास लिक भएर विस्फोट भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको हाम्रा सहकर्मीले जनाएका छन् ।


प्रतिक्रिया