भारतमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु

फाईल फोटो  

फाल्गुन ६, २०७९ | दार्चुला

भारतको पिथौरागढ जिल्लास्थित तवाघाट–लिपुलेक सडक खण्डको मांति क्षेत्रमा गाडि दुर्घटना हुदा एक नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । हिजो अपरान्ह साढे ४ बजेतिर भारतीय जिप दुर्घटना हुदा दार्चुलाको व्यास गाउँपालिकाका ३० बर्षिय रूकुमसिह बुढाथोकिको मृत्यु भएको हो ।

भारत पिथौरागढबाट धारचुला आउने क्रममा जिप दुर्घटनामा परेको थियो । घाइतेलाई थप उपचारका लागि पिथौरागढ रिफर गरिएको छ । 


प्रतिक्रिया