पाँचथरमा आगलागीबाट एक घर जलेर नष्ट

फाल्गुन ९, २०७९

पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित विरमति तामाङको घरमा आगलागी भएको छ ।

आगलागीमा परि तामाङको घरमा रहेको नगद, लत्ताकपडा, अन्न लगायत सामग्री जलेर नष्ट भएको वडा अध्यक्ष भरत खपाङ्गीले जानकारी दिनुभयो ।

आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया