राष्ट्रपतिबारे के गर्ने भन्ने अझै सोचिसकेको छैन : अध्यक्ष नेपाल

फाल्गुन ९, २०७९ | दाङ

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमर नेपालले राष्ट्रपतिबारे अझै केही सोची नसकेको बताउनुभएको छ । दाङको भालुबाङमा आयोजित छलफलमा उहाँले राष्ट्रपति बन्न आफूलाई आधिकारिक प्रस्ताव नआएको बताउनुभयो ।

अहिले बजारमा हल्लाहरु धेरै चलेको बताउंदै नेपालले यस सन्दर्भमा कुनै टुंगोमा नपुगेको जानकारी दिनुभयो । यसपटक पावर शेयरिङमा आफ्नो भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सधैं अरूका लागि बलिदान हुने स्थिती नहुने बताउनुभयो । 

राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । चुनावअघि राष्ट्रपतिका लागि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहमत भएपनि पराजित भएपछि राष्ट्रपति को बन्ने भन्ने बिषयमा समस्या भएको उहाँले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया