पृथ्वीराजमार्गको घाँसीकुवा–मिलननगर खण्ड दैनिक ४ घण्टा बन्द हुने

फाल्गुन १३, २०७९ | तनहुँ

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा विमलनगर सडक खण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत सो खण्डमा काम गर्नका लागि रातीको समयमा ४ घण्टा राजमार्ग बन्द गरिने भएको हो । 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले आगामी बिहीबार देखि २७ गतेसम्म राती १२ देखि बिहान ४ बजेसम्म सो खण्ड बन्द गरी सडकको भित्तो काट्ने काम गर्ने निर्णय गरिएको भएको हो । मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ । सडक सिमाभित्र पर्ने विद्युत पोलहरु स्थानतरण नगरिदा काममा समस्या भएको आयोजनाले जनाएको छ ।  


प्रतिक्रिया