बुलिंटारको देउसत खोलामा झोलुंगे पुल निर्माण

फाल्गुन १४, २०७९ | पूर्वी नवलपरासी
पूर्वी नवलपरासीको बुलिंटार गाउँपालिकाको अर्खलास्थित देउसत खोलामा झोलुंगे पुल निर्माण भएको छ ।
बुलिंटार गाउँपालिकाको देउसत खोलामा ३८ लाख रुपैयाँको लागतमा ७१ मिटर लामो पुल निर्माण सम्पन्न भएको हो । देउसत खोलामा पुल निर्माण भएपछि अर्खला र घरेलु डाँडाका स्थानीय लाभान्वित भएका छन् ।
यसअघि पुल नहुँदा स्थानीयलाई वर्षादका समयमा आवतजावतमा समस्या हुने गरेको थियो । अर्खला र घरेलु डाँडा गाउँका २ सय १५ घरधुरीका १ हजार ३ सय जनसंख्या लाभान्वित भएका छन् ।