तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रमा हिमपात

तेह्रथुम र संखुवासभाको सिमापाँचपोखरी क्षेत्रमाआईतबार राती परेको हिउँ । तस्विर सौजन्यः उमेश वुढाथोकी 

फाल्गुन १५, २०७९ | तेह्रथुम

तेह्रथुम र संखुवासभाको उच्च पहाडी क्षेत्रमा गएरातीबाट हिमपात भएको छ । 

हिमपातसंगै सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । यस पटक टिएमजे क्षेत्रमा ढिलो गरी हिउँ परेको हो । हिमपातका कारण पर्यटकीय क्षेत्र तीनजुरेबाट ताप्लेजुङको सांघु तर्फ जाने सडक अवरुद्ध भएको छ ।

 समान्य बर्षा र हिमपातका कारण गन्तव्यतर्फ फर्किदै गरेका र त्यस जांदै गरेका कैयौं सवारी बाटोमै रोकीएको स्थानीय वासिन्दाले बताएका छन् । बाक्लो हिँउ परिरहेकाले बसन्तपुर ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग समेत अवरुद्ध भएको छ ।  


प्रतिक्रिया