नारायणगढ मुग्लिन सडक २४ सै घण्टा सञ्चालन हुने

फाल्गुन २०, २०७९ | नारायणगढ

नारायणगढ–मुग्लिन सडक भोलि आइतबारबाट निर्बाध रुपमा सञ्चालनमा आउने भएको छ ।

 गत पुस ५ गतेबाट दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडक भोलिबाट २४ सै घण्टा सञ्चालनमा आउने भएको नारायणगढ मुग्लिन सडक, नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । नयाँ पुल बनाउन पहाड काट्न परेका कारण यसअघि सो सडक बन्द हुँदै आएको थियो । 

सो सडकखण्ड अन्तर्गत विभिन्न ५ ठाउँमा पुल बनाउनुपर्नेमा अब २ ठाउँको पहाड काट्न बाँकी रहेको र त्यसलाई मेसिनको सहयोगमा विस्फोट गराउने निर्णय भएसँगै सडक निर्बाध रुपमा सञ्चालनमा आउने भएको इन्जिनियर आचार्यले बताउनुभयो । विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्ने उहाँको भनाई छ ।


प्रतिक्रिया