लमही–घोराही–तुलसीपुर फोरलेन सडकको ठेक्का रद्ध गर्न १४ दिने सूचना

फाल्गुन २४, २०७९ | दाङ

दाङको लमही–घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको ठेक्का रद्द गर्न १४ दिने सूचना जारी भएको छ । भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर फोरलेन सडक आयोजना कार्यालय लमहीले सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नु नपर्ने कारणसहित १४ दिनभित्र सम्पर्क गर्न निर्माण कम्पनीलाई जानकारी दिएको छ । 

समयमा उचित कारण पेश गर्न नसके ठेक्क रद्ध प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ । सडक निर्माणको ठेक्का भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालीले लिएको छ । गत असोज १० देखि निमार्णधिन सडक सुरक्षाका उपाय नअपनाई अलपत्र छाडिएका कारण ठेक्का रद्ध गर्नुपर्ने सूचनामा उल्लेख छ । 


प्रतिक्रिया