मृतक तीनजनाको सनाखत (अपडेट)

फाल्गुन २८, २०७९

सिन्धुलीको फिक्कलमा आइतबार भएको बस दुर्घटनामा परि मृत्यु भएका मध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा परि ६ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतकहरुमा बसका सहचालक ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देवबहादुर सार्की, सिद्धिचरण नगरापालिका ३ का ३२ वर्षीय पेशल भुजेल, उदयपुर कटारी नगरपाालिका २ की ३५ वर्षीय कुमारी क्याप्छाकी मगर रहेकी छिन् । अन्य तीन जना मृतकको सनाखत हुन सकेको छैन । बस दुर्घटनामा परि गम्भिर घाइते भएका ८ जनालाइ थप उपचारको लागि खुर्कोटबाट सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । 

खुर्कोटको सुनकोसी सामुदायिक अस्पताल र शुभजीवन अस्पतालमा प्राथमिक उपचार पछि घाइते ८ जनालाई एम्बुलेन्स मार्फत धुलीखेल र काठमाडौं ल्याइएको सिन्धुली प्रहरीका डिएसपी चिरन्जीबी दाहालले जानकारी दिनुभयो । बस चालक काभ्रे पाँचखालका लालबहादुर तामाङलाइ घुर्मी अस्पतालमा प्राथमिक उपचार पछि काठमाडौं ल्याइएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका ४ को कुहिभीरमा तीव्र गतीमा रहेको बा २ ख ६५९६ नं बस अनियन्त्रीत भइ भित्तामा ठोक्कीएर दुर्घटना भएको थियो । ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बसमा ३६ जना सवार थिए । यसैबीच उद्धारमा ढिलाइ भएको भन्दै घाइतेका आफन्त र स्थानीय गरेको बीपी राजमार्ग अवरुद्ध खुलेको छ । 


प्रतिक्रिया