स्ववियु निर्वाचन: आदिकवि भानुभक्त क्याम्पसको विद्यार्थीले लगाए ताला

फाल्गुन २८, २०७९ | तनहुँ

तनहुँको व्यास नगरपालिका–१ बिज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले ताला लगाएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि विद्यार्थीले आइतबार बेलुका निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्ववियु सभापति उम्मेदवार गौरव पन्थ र सुनिल मिश्र उपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाई नभएको विरोधमा नेकपा एकीकृत समाजवादी र विप्लव निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जना विरुद्ध उजुरी दिएको थियो ।

विआईसिटिको ९ औं सेमेस्टरमा अध्ययनरत विद्यार्थी स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ वि.ए प्रथम वर्षमा भर्ना भएको भनि प्रकाशित गरिएको र व्यास–१३ पहाडमा घर भएकालाई मधेशी भनेर वर्गीकरण गरी भर्ना गरिएकाले भर्ना रोक्का गराउने र उम्मेदवारी खारेज गराउने माग सहित दाबी विरोध गरेको उजुरीमा उल्लेख छ । यस्तै, स्ववियु सभापतिका उम्मेदवार सुनिल मिश्रका प्रस्तावक अरुकै समर्थक बसिसकेका कारण दावी परेको उजुरीमा उल्लेख छ ।

यस्तै, दावीविरोध उपर छानविन गरी उम्मेदवारको नामावाली प्रकाशित गर्ने अन्तिम समय फागुन २८ गते (आज) ५ बजेसम्म तया भएकोमा सो समयावधि थप गरी फागुन २९ गते (भोली) ११ बजेसम्म प्रकाशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया