मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्ववियू निर्वाचन स्थगित

चैत्र १, २०७९

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको निर्वाचन स्थगित भएको छ । चैत ३ गते हुने भनिएको चुनाव स्थगित भएको हो । विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्टका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । 

उच्च अदालत सुर्खेतले अर्को आदेश नभएसम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाई उच्च अदालत सुर्खेतमा ऊपस्थित हुनको लागि अदालतले आदेश जारी गरेको छ । 


प्रतिक्रिया