महेन्द्रराजमार्गको कावासोती सडकमा कालोपत्रे सुरु

चैत्र १, २०७९ | पूर्वी नवलपरासी

निर्माणाधिन महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको कावासोती जंगल क्षेत्रमा कालोपत्रेको काम सुरु भएको छ । कावासोती र लोकाहा बीचको जंगल क्षेत्रमा ५ सय मिटर सडक कालोपत्रे सुरु गरिएको हो । सडक निर्माणमा संलग्न इन्जिनियर राकेश झाले निर्माण कार्य जारी रहने र एकसाता भित्र करीब ४ किलोमिटर सडक कालो पत्रे गरिसक्ने जानकारी दिनुभयो ।

राजमार्गको उत्तर तर्फको साढे ७ मिटर फराकिलो सडक मात्र पहिलो चरणमा कालोपत्रे गरिएको हो । इन्जिजियर झाका अनुसार सदरमुकाम कावासोती क्षेत्रमा चाँडै कालोपत्रे गर्ने लक्ष्य अनुसार धमाधम काम भईरहेको हो । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ्गग कर्पोरेशन र कावासोती नगरपालिकाबीच आज थप ३४ हजार घनमिटर ग्राइभेल खरिदको सम्झौता सम्पन्न भएको छ । 


प्रतिक्रिया