विराटनगरमा गोली चल्यो

चैत्र ५, २०७९ | मोरङ
कोशी प्रदेश नामाकरणको बिरोधमा विराटनगरमा आदिवासी जनजाति समुदायले गरेको प्रर्दशनका क्रममा गोली चलेको छ । प्रदेश १ को पुनः नामाङ्कन गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले आज विराटनगरमा बिरोध प्रदर्शन गरिरहेको छ । निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मी र प्रर्दशनकारीबीच झडप भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास र गोली फायर गरेको हाम्रा सहकर्मीले बताएका छन् ।