बाघको आक्रमणबाट दुई जनाको मृत्यु

चैत्र ६, २०७९ | बर्दिया

बाघको आक्रमणबाट बर्दियाको मधुवन नगपालिका–५ का दुई जनाको मृत्यु भएको छ । नेपाल र भारत सिमा क्षेत्रमा पर्ने चिरौते मध्यवर्ति सामुदायिक वनमा दाउरा खोज्न जाँदा ५५ वर्षिया समुन्द्री बुढा क्षेक्री र ५० वर्षिया धनसरी गुरुङको बाघको आत्रमणबाट मृत्यु भएको वन डिभिजन कार्यालयका प्रमुख प्रविन विडारीले जानकारी दिनुभयो । बाघको आक्रमणबाट ३ वर्षको अवधिमा १० जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया