तिलोत्तमाका १२ सुकुम्बासीलाई लालपूर्जा वितरण

चैत्र १०, २०७९ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका १२ जना सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण गरेको छ ।

नगरपालिकाले तिलोत्तमा–१४ मा बसोबास गर्दै आएका १२ जना भूमिहिन, सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।

बिन्दुनगर गाइघाट टोल विकास संस्थाले आयोजना गरेको एक कार्यक्रमकाबीच नगर प्रमुख रामकृष्ण खाँणले १२ जना सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नुभयो ।

लालपुर्जा वितरण गर्दै तिलोत्तमाका प्रमुख खाँणले नगरपालिका भित्र रहेका भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउन प्रतिवद्धता जनाउनुभयो ।  


प्रतिक्रिया