दुई ट्रक ठोक्किँदा धनुषामा ३ जनाको मृत्यु

चैत्र ११, २०७९ | धनुषा

धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान मिथिला नगरपालिका–३ हरिहरपुरमा भएको सो घटनामा परि तीन जनाको घटनस्थलमै मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

घटनामा परी सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको छ । त्यस्तै घाईते भएका सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया