कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप

चैत्र १४, २०७९ | मोरङ

प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आदिवासी जनजाति समुदायले प्रदेश १ फुनः नामाङ्कन संयुक्त संघर्ष समिति गठन गरी सुरु गरेको विरोधका त्रममा विराटनगरमा झडप भएको हो । प्रदर्शनकारीले विराटनगरको रोडशेष चोकमा प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको मोरङका प्रहरी प्रमुख दीपक पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार प्रदर्शनारीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरिएको थियो । रोडशेष चोकमा रहेको बिग होटलमा एक कार्यक्रममा सहभागी हुन आएका प्रदेशका सांसदहरुलाई दबाब दिन भन्दै पहिचानवादीहरु त्यहाँ पुगेका थिए । आन्दोलनका कारण आयोजकले कार्यक्रम नै स्थगित गरेको छ । प्रहरी र प्रदर्शनबीचको झडपका कारण विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया