भारतमा एक नेपाली मजदुरको मृत्यु

चैत्र १४, २०७९ | दार्चुला

भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ । सोमबार मजदुरी गर्ने क्रममा भिरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउपालिका–६ का ३० बर्षिय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मजदुरीका क्रममा मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा शवको पोष्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको छ । मजदुरीका क्रममा मृत्यु भएका हुनाले निर्माण कम्पनीले उनको परिवारलाई ५ लाख भारतीय रुपैया सहयोग दिएको बुझिएको छ । 


प्रतिक्रिया