३३ वर्षीया महिलालाई कुटपिटपछि हत्या गरेको आरोपमा जनप्रतिनिधिसहित ८ जना पक्राउ

चैत्र १५, २०७९ | नवलपरासी
नवलपरासी पूर्वमा एक साता अघि एक महिलालाई कुटपिट गरेर हत्या गरेको अभियोगमा देबचुली नगरपालिकाकाकी वडा सदस्य सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गतसाता देबचुली नगरपालिका वडा नम्बर १ केउरेनीकी ३३ वर्षीया तोलमाया बाचे मगरलाई गाउलले कुटपिट गरेका थिए । कुटपिट गरेको भोलिपल्ट बाचे आफनै निवासमा मृत अबस्थामा फेला परेकी थिइन ।
मृतकका नाबालक छोराले गाउलेले कुटपिट गरेर आफनी आमालाई झुण्डाएको बयान दिएपछि घटना प्रहरीले सार्वजनिक गरेको हो ।