विद्यालयलाई वनेम परिवारले दिए ३६ लाखको जग्गा र भवन

चैत्र १६, २०७९ | सुनसरी

लेखक एवं साहित्यकार टंक वनेमको परिवारले ताप्लेजुङको मौवाखोला गाउँपालिका–२ स्थित ठोट्ने आधारभूत विद्यालयलाई ३६ लाख मूल्य बराबरको जग्गा र विद्यालय भवन हस्तान्तरण गरेको छ । 

टंक वनेमको परिवाले स्वर्गीय बाबु सिंहराज र आमा मनरानी एभेङथोप्राको स्मृतिमा विद्यालयलाई जग्गा र भवन हस्तान्तरण गरेका हुन् । जग्गादानसँगै वैधानिक प्रक्रिया अपनाएर विद्यालयको नाम पनि परिवर्तन गरी ठोट्ने सिंहराज–मनरानी आधारभूत विद्यालय राखिएको छ । 

आफ्ना बाबु आमाले शिक्षा क्षेत्रमा दिएको योगदानलाई सम्झना योग्य बनाउन सो सहयोग गरिएको लेखक वनेमले बताउनुभयो । सो विद्यालयका तत्कालीन सञ्चालक समितिका अध्यक्ष समेत सिंहराजका परिवारले आर्थिक र भौतिक सहयोग गरेको विद्यालयका प्रधानध्यापक चित्रगुप्त वनेमले जानकारी दिनुभयो । विद्यालयमा अहिले करीब १ सय ५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।


प्रतिक्रिया