वैवाहिक बलात्कार आरोपमा न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी

चैत्र २२, २०७९ | कपिलवस्तु

वैवाहिक बलात्कारको आरोपमा जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालतले न्यायाधीश गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । 

गिरीविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलत्कार आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन् । गत असारमा न्यायाधीश भएर जिल्लामा पहिलो पदस्थापन भएका गिरी एक महिना अघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएका थिए । 

जाहेरी दर्ता भएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।


प्रतिक्रिया