प्यूठानमा एसईई दिएर फर्कदैं गरेका विद्यार्थीको मोटरसाईकल दुर्घटनामा मृत्यु

फाईल फोटो  

चैत्र २४, २०७९ | प्यूठान

प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं ४ गोठिवागंमा भएको मोटरसाईकल दुर्घटनामा एसईई दिएर फर्कदै गरेका विद्यार्थीको मृत्यू भएको छ । 

विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई परीक्षा दिएर फर्कदै गरेका स्वर्गद्धारी नगरपालिका ७ तापाका १५ बर्षिय प्रतिक घर्तिको मृत्यू भएको हो ।

लोक चेतना एकेडेमीको स्कुल बसलाई ओभरटेक गर्ने क्रममा घर्तिले चलाएको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घर्तिको उपचारकालागि अस्पताल लैजादैं गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुवास खड्काले जानकारी दिनुभयो । घर्ति बेल्वास माविमा अध्ययनरत थिए । 


प्रतिक्रिया