विश्वविद्यालयको शिक्षा सृजनात्मक र युग सुहाउँदो हुनुपर्छ : प्रधानमन्त्री दाहाल
चैत्र २६, २०७९
प्रधानमन्त्री एवं. सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले विश्वविद्यालयको शिक्षा सृजनात्मक र युग सहाँउदो हुनुपर्ने बताउनु भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वैज्ञानिक एवम् प्राविधिक जनशक्ति तयार गर्न सक्ने खालको शिक्षा नै अहिलेको अवाश्यकता भएको बताउनु भएको हो । विश्वविद्यालयले कृषि र हर्वल साइन्स जस्ता विषयहरु पठन पाठन सुरु गरेर यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाई थियो ।
विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभई व्यवहारिक र जीवनयोगी तथा समाजको रुपान्तरणका लागि सहयोगी बन्नुपर्ने उहाँको भनाई थियो । यसैबीच विश्वविद्यालयको दीक्षान्त समारोहमा १७९ जना दीक्षित भएका छन् । यसअघि असारमा पनि विश्वविद्यालयले दीक्षान्त समारोह सम्पन्न गरेको थियो । ०७४ मा पहिलो पटक दीक्षान्त समारोह गरेको विश्वविद्यालयले यस वर्ष भने दुई पटक आयोजना गरेको हो ।