सिन्धुलीमा कार दुर्घटनामा परि चार भारतीय नागरिकको मृत्यु

चैत्र २९, २०७९ | सिन्धुली

बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डमा सवारी दुर्घटनामा परी ४ जनाको मृतयु भएको छ । सिन्धुलीको कमलामाइ नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक आज बिहान भएको कार दुर्घटनामा परि चार जना भारतीय नागरिकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पूर्वबाट काठमाडौं आउंदै गरेको भारतीय नंवरको कार सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमा र एक जनाको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

 कारमा पाँचजना सवार थिए । घाइते एकजनाको उपचार भैरहेको छ । मृतक र घाइते भारतीय नागरिकको पहिचान गर्ने प्रयास भैरहेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । कारमा सवार पाँचैजना पुरुष हुन् ।


प्रतिक्रिया