दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

वैशाख ४, २०८० | दाङ

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दाङ घोराहीका दुई जनाको मृत्यु भएको छ । घोराहीबाट–तुलसीपुरतर्फ जांदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका ११ खैरा चोकमा लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताउनुभयो ।

घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षिय सन्देश बस्नेत र सोहीठाउँका १७ वर्षिय गोपाल विक रहेको गौतमले बताउनुभयो । ट्रक चालक सरावल गाउंपालिका–३ पिपरा, नवलपरासी पश्चिमका २८ वर्षिय ध्रुब कुमार यादवलाई नियन्त्रणमा लिइएको छ । 


प्रतिक्रिया