प्रमुख साम्पाङले बैठक बहिस्कार गर्ने वडाध्यक्षहरुको मागे राजिनामा

वैशाख ७, २०८० | सुनसरी

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले नगर कार्यपालिका बैठक बहिस्कार गर्ने जति सबै जनप्रतिनिधिले तुरुन्तै राजिनामा दिएर बाटो प्रसस्त गर्नुपर्ने बताउनु भएको छ । नगरप्रमुख साम्पाङले पटक पटक बोलाएको कार्यपालिका बैठकमा वडाध्यक्षहरुले बहिस्कार गरेपछि आज उपमहानगरको लेटर प्याडमा प्रेश विज्ञप्ती जारी गर्दै राजिनामाको माग गर्नु भएको हो । गत चैत १ गते कार्यपालिका बैठकमा प्रमुख साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले वडाअध्यक्षहरुलाई पठाएको पत्रको बिषयमा वडाअध्यक्षहरुले कुरा उठाएपछि बैठक अघि बढ्न सकेको थिएन । 

सो बैठक एजेण्डामा प्रवेश नगरि स्थगित भएको थियो । एजेण्डामा प्रवेश नगरेपछि प्रमुख साम्पाङले बैठक स्थगित गर्नुभएको थियो । सोही दिन वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गर्दै विभिन्न ५ बुदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका थिए । फेरि प्रमुख साम्पाङले बुधबार २ बजेको लागि कार्यपालका बैठक बताएपनि वडाअध्यक्षहरु उपस्थित भएपछि राजिनामा माग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । 

वडाध्यक्षहरुले प्रमुख साम्पाङसंग यसअघि भएको छलफलमा बैठक बोलाउनुअघि पुन: समन्वय र छलफल गर्ने आश्वासन दिएपनि विना समन्वय बैठक बोलाएको र आफुहरुको मागको सम्बोधन नभएकोले बैठकमा सहभागी नभएको प्रवक्ता समेत रहेका धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले बताउनुभयो ।


प्रतिक्रिया