गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पुनः विश्वासको मत लिने तयारी

वैशाख ९, २०८० | काठमाडौं

एमालेबाट गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा आज पुन विश्वसको मत लिने तयारी गर्नुभएको छ । सत्ता राजनीतिको केन्द्रीय समिकरण फेरिएसंगै प्रदेशसभामा अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने तयारी गर्नुभएको हो । अधिकारी नेतृत्वको सरकारमा चैत १० गते सहभागी भएका माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएर सर्मथन फिर्ता लिएपछि अधिकारीले आज पुन: विश्वासको मत लिन लाग्नुभएको हो ।

माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुत्त भएका अधिकारीले २९ गते पहिलो पटक विश्सवासको मत लिनुभएको थियो । माओवादी मन्त्रीहरुले सर्मथन फिर्ता लिएपछि उहाँले दोस्रो पटक आज विश्वासको मत लिन लाग्नुभएको हो । यद्यपी उहाँले विश्वासको मत पाउने सम्भावना भने कम छ । गण्डकी प्रदेशमा कंग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भईसकेको छ । मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त नगरे आजै राजिनामा दिने तयारी गर्नुभएको छ ।

प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ३१ सांसदको समर्थन जुटाउनुपर्छ । प्रदेशसभामा सभामुख बाहेक माओवादीका ७ र कंग्रेसको २७ सदस्य छन । एमालेका २२ र राप्रपाका दुई सांसद मात्र भएकाले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित प्राय छ । 


प्रतिक्रिया