तुईनबाट खसेर महाकाली नदीमा एक वेपत्ता

वैशाख ९, २०८० | दार्चुला

दार्चुलाको ब्यास गँउपालिका–२ स्थित दुम्लिङ नजिक तुईनबाट खसेर एक जना वेपत्ता भएका छन् । तल्ला दुम्लिङका स्थानिय सिङ्दल सिंह भण्डारी नेपालबाट भारत जाने क्रममा तुईनबाट खसेर वेपत्ता भएको ब्यास गाउपालिका–२ का वडाध्यक्ष धिरनसिह बुढाथोकीले बताउनुभयो ।

वडाध्यक्ष बुढाथोकिका अनुसार आज दिँउसो भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित नेपाल–भारत जोड्ने तुइनबाट खसेर बेपत्ता भएका हुन् । बेपत्ता भण्डारीको अहिले प्रहरी र स्थानीयहरुको सहयोगमा खोजी कार्य भैरहेको छ । 


प्रतिक्रिया