चट्याङले ५४ भेडा मरे, एक जना घाइते

वैशाख १६, २०८० | पाँचथर

पाँचथरको फालेलुङ गाउँपालिका—३ मा रहेको एक फर्ममा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् । गएराति चट्याङ पर्दा स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङबोको फर्म रहेका ५४ भेडा मर्नुका साथै १२ घाइते भएको स्थानीय प्रेम राईले बताउनुभयो । भेडा मर्दा किसानलाई करिब १५ लाख बढीको क्षति भएको प्रहरी प्रमूख हरि खतिवडाले बताउनुभयो ।   


प्रतिक्रिया