सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

वैशाख १७, २०८० | सिन्धुली

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका–२ को पिपलभन्ज्याङ घुम्तीमा आज बिहान कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खस्दा झापाका कुमार पुरी र सिन्धुलीकी सहारा प्रसाइको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो ।

 कारमा तीन जना सवार थिए । दुर्घटनामा परि घाइते भएका प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया