लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

वैशाख १९, २०८० | दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत प्राप्त गर्नु भएको हो । प्रदेश सभाका बहुमत ५३ सांसदले आज मुख्यमन्त्रीलाई बिस्वासको मत दिएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गर्नु भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त हुनु भएको हो । 

मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीलाई नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, लोसपा, जसपा, जनमत र एकजना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । एमालेले बिपक्षमा मतदान गरेको छ । अहिले मुख्यमन्त्रीसंगै नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री छन् । 


प्रतिक्रिया