माछापुछ्रे बैकबाट सेवाग्राहीको रकम गायब

जेष्ठ ७, २०८०

रौतहटको चन्द्रपुर स्थित माछापुछ्रे बैकको चन्द्रपुर शाखाबाट एक सेवाग्रहीको रकम गायब भएको छ । ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालीका–३ का रामेश्वरराय यादबको खाताबाट रहस्यमय तरिकाले रकम ९ लाख गायब भएको हो । 

अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । ८ लाखको चेक लिएर साट्न गएका यादबको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिएपछि उनी मुर्छित भएका थिए ।

 बैंकका प्रमुख रामजी दासले ह्याकरले पैसा लगेको र आफूहरुले केही गर्न नसक्ने जवाफ दिएका छन् । सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाए पछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेको हाम्रा सहकर्मीले जनाएका छन् । ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगेपछि घटना बारे अनुसन्धान शुरु भएको छ । 


प्रतिक्रिया