२४ वर्षपछि फेला

जेष्ठ ९, २०८०

जनयुद्धकालिन समयमा राज्य पक्षबाट चरम यातना पाइ २०५६ साल देखि हालसम्म बेपत्ता भएका जाजरकोट भेरि न.पा.–२, तिमिले निवासी टिकाराम पुन ( प्रेम राणा) २४ वर्षपछि सम्पर्कमा आएका छन् । 

हाल भारतको उत्तराखण्डको उत्तरकासी, गौरादी भन्ने ठाँउमा उनी बस्दै आउको परिवारले जनाएको छ । कृषि पेसामा आवद्ध भइ एक्लो जीवन बिताइरहेका उनको घर सहित बगैंचा रहेको उनका परिवारका सदस्य दाजु पर्ने रुद्र ओलीले बताउनुभयो । फेला परेपछि गाउँ मा खुसियाली छाएको छ । 


प्रतिक्रिया