रुकुम पश्चिम जीप दुर्घटना : मृतक ५ जनाकै सनाखत (अपडेट)

जेष्ठ ११, २०८० | रुकुम पश्चिम

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज विहान भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का ७० बर्षिय कर्ण वाठामगर , सोही ठाउँका ४८ बर्षिय देउचन खत्री, सानीभेरी गाउँपालिका–५ का २३ बर्षिय सितला कुसँरी र बाँफिकोट गाउँपालिका–८ की २२ बर्षिया रेखा केसी अनि उनका २२ दिने बच्चा रोशन केसी छन् ।

चालकसहित जम्मा १६ सवार जीप दुर्घटना हुदाँ अन्य १० जना घाईते भएका छन् । यसमध्ये ४ जनाको अवस्था गम्भिर छ भने बाँकी ७ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते सानीभेरी–५ का प्रेम बाठा मगर, मृतक सितला कुसँरीका छोरा २ बर्षिय प्रसिद्ध कुसँरी, सानीभेरी–५ की अनिता केसी र सोही ठाउँका ललित बाठा मगरलाई विहीबार नै नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुरस्थित मेडिकल कलेज पुर्‍याईएर उपचार थालिएको प्रनी श्रेष्ठले बताउनुभयो ।

सामान्य घाईते भएका ७ जनामध्ये रिता खत्री र गाडी चालक दिपक वाठामगर गरी २ जनालाई थप उपचारका लागी जिल्ला अस्पतालबाट रिफर गरेर एम्बुलेन्स मार्फत कोहलपुर लगिएको छ ।

बाँफिकोट गाउँपालिका–८ दुलारस्थित भित्री सडक खण्ड दुलीबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ जाँने क्रममो लु १ ज १७४७ नम्बरको जीप अनियन्त्रित भई पल्टिदा सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सााघुरो बाटोमा ब्रेकले काम नगर्दा गाडी दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताउनुभयो ।


प्रतिक्रिया