सर्लाहीमा हावाहुरीले घर ढल्दा एकको मृत्यु

जेष्ठ ११, २०८० | सर्लाही
सर्लाहीको ब्रहृम्पुरीमा आएको हावाहुरीले घर ढाल्दा एक महिलाको ज्यान गएको छ । ब्रहृम्पुरी गाउपालिका–२ का ६५ वर्षिया सबिता देवी साहको घर ढल्दा चेपिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
आज साँझ आएको हावाहुरीले उनको कच्ची घर ढलेको थियो । हावाहुरीमा घरमा ओत लागेर बसेकी साहको घर ढल्दा उनी चेपिएर गम्भीर घाइते भएकी थिइन । साहलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।