सर्पले डसेर सिन्धुलीमा दुईको मृत्यु

जेष्ठ १६, २०८० | सिन्धुली

सर्पले डसेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । दूधौली नगरपालिका–१ कुर्थौली बस्ने गणेश पहाडीका छोरा १३ वर्षिय ग्रीस र ३ वर्षिय ग्रीस्म पहाडीको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार रातिसँगै सुतेका उनीहरु मंगलबार बिहान अचेत अवस्थामा फेला परेका थिए ।

दुबै जनालाई तत्काल स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचार हुन नसकेपछि महोत्तरीको गौरवासस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि जनकपुर रिफर गरिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया