लमजुङ कारागारबाट भाग्ने विनोद विक पक्राउ, एक जना फरार

जेष्ठ १८, २०८० | लमजुङ
लमजुङ कारागारबाट फरार भएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराती फरार भएका २ मध्ये करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागारमा रहेका मध्यनेपाल नगरपालिकाका विनोद विकलाई प्रहरीले आज विहान वेशीशहर नगरापालिका २ बाट नियन्त्रणमा लिएको हो । विकलाई जिल्ला अदालत लमजुङले ४ वर्ष कैद र ४ लाख जरिवाना सुनाएको थियो ।
यस्तै ठगी मुद्धामा २०८० बैशाख ३१ गते पुर्पक्षका लागि कारागार चलान भएका गोरखाका चन्द्रमान गुरुङ फरार छन् । रातको समयमा पर्खाल नाघेर फरार भएका गुरुङको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताउनुभयो ।