सुनकोसीमा सीटीइभीटीको गाडी खस्यो, दुइ निर्देशक सहित तीन वेपत्ता, चालक पौडिएर निस्किए

जेष्ठ १९, २०८० | सिन्धुली

मध्य पहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनबाट सुनकोसी नदीमा सिटीइभिटीको सरकारी जीप खस्दा तीनजना वेपत्ता भएका छन् । एकजना चालक पौडिएर निस्किएका छन् । 

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटीइभीटीको बीएबी ७४६७ नं को स्कार्पियो जिप सुनकोसी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिका ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासी प्रगती नगरपालिका ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल वेपत्ता भएको प्रहरीले जनाएको छ । 

चालक कृष्ण चौधरी पौडिएर निस्किएका छन् । उनको खुर्कोट शुृभजीवन अस्पतालमा उपचार भैरहेको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । 


प्रतिक्रिया