जंगली च्याउ खाँदा धनकुटामा एक महिलाको मृत्यु

जेष्ठ १९, २०८० | धनकुटा
जंगली च्याउको सेवनबाट धनकुटामा एक महिलाको मृत्यु भएको छ । शहिदभूमि गाउँपालिका–३ की मुना राईको जंगली च्याउको सेवनबाट मृत्यु भएको हो ।
जंगली च्याउको सेवनबाट बिरामी परेकी राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक राईका छोरा ७ वर्षीय सचिनको भने प्रतिष्ठानमै उपचार भइरहेको छ । उनीहरु जेठ १५ गते बेलुकादेखि बिरामी परेका थिए । गत बैशाख यता धनकुटामा जंगली च्याउको सेवनबाट ६ जना बिरामी परेका छन् ।