धनकुटामा जंगली च्याउ खाँदा आमा छोराको मृत्यु

फाईल फोटो  

जेष्ठ २०, २०८० | धनकुटा

धनकुटामा जंगली च्याउ खाँदा आमा छोराको मृत्यु भएको छ । सहिदभुमी गाउँपालिका ३ घर भई धनकुटा नगरपालिका ७ चुलीबनमा बस्दै आएकी २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगलबाट ल्याइएको च्याउ खाएर आमा छोरा नै गम्भीर बिरामी परेका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका क्रममा आमा मुनाको हिजो र सचिनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 


प्रतिक्रिया