सरकारले बनाई दिएको बाढी पीडितले घर बेचे

जेष्ठ २०, २०८० | रौतहट

रोजगारीको बाहानामा रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरका बाढी पीडितहरुले धमाधम घर बेच्न थालेका छन् । पछिल्लो ७ वर्ष यता दातृ निकायले बनाई दिएको घर तीन/चार पटकसम्म बिक्री भईसकेको पाइएको छ । रोजगारीको अभावले जीविकोपार्जनमा समस्या परेको भन्दै मंगलपुरका बाढी पीडितले १५ हजार देखि ३ लाख रुपैयाँ सम्ममा घर बिक्री गरेको हिँडेको पाइएको चन्द्रपुर– १ का वडाध्यक्ष बलराम राउतले बताउनुभयो ।

२०५० बागमती नदीमा आएको बाढीले साबिक गढौ र चन्द्रपुर–१ का झण्डै ५ सय घर बगाएको थियो । बाढी पीडितलाई बासस्थानको अभाव भएपछि नेपाल सरकारको अनुरोधमा चिनियाँ संस्थाले चन्द्रपुर–१ स्थित मंगलपुरमा ३ सय परिवारलाई १२ धुर जग्गा सहित पक्की घर बनाईदिएको थियो ।

एक दशक बढी समय त्यही बिताउँदै आएका पीडितले पछिल्लो समय धमाधम घर बेचेर हिँड्न थालेका छन् । अहिले आधा भन्दा बढी पीडितले घर बेचिसकेको अनुमान छ । 


प्रतिक्रिया