दाङमा अटो र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

जेष्ठ २१, २०८० | दाङ
देउखुरी उपत्यकामा अटो र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।
लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ४ मौरीघाटमा मोटरसाइकल र अटो ठोक्किएर दुर्घटना हुदा अटो चालक घोराही उपमहानगरपालिका ५ का ३१ वर्षिय किरण रोकाको मृत्यु भएको छ ।
दुर्घटनामा अटोमा सवार तीन जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको बाँकेको कोहलपुर मेडिकल कजेलमा उपचार भइहेको छ ।