सुनकोसीमा बेपत्ता भएकाको चारदिनदेखि खोजी

जेष्ठ २२, २०८० | खुर्कोट

सुनकोसीमा जीप दुर्घटना हुँदा वेपत्ता भएका सीटीइभीटीका अधिकारीहरुको खोजी आज पनि बिहानैबाट सुरु गरिएको छ । धमिलो पानी र नदिको वहाव तिव्र हुदा खोजीमा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ । आज चौथोदिन बिहानैबाट प्रहरीको विपद व्यवस्थापन सहित चार टोलीले खोजी कार्य सुरु गरेको हाम्रा सहकर्मीले जनाएका छन् । 

नदिको धार परिवर्तन गर्न चारवटा स्काइभेटर र दुईवटा डोजर प्रयोग गरिएको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको जिप गत शुक्रबार मध्यान्ह मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको लौकुन भन्ने स्थानमा दुर्घटना भई सुनकोसी नदीमा खसेको थियो । जीपमा सवार सीटीइभीटीका प्रशासन शाखाका निर्देशक कृष्ण केसी, योजना महाशाखा निर्देशक यमप्रसाद भुर्त्तेल र विद्युत प्राविधिक अधिकृत भानु पौडेल वेपत्ता छन् । चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल भएका थिए । 


प्रतिक्रिया